logo

रूद्राक्ष चिकित्सा

मानवजीवनका लागि रूद्राक्ष उर्जा र शक्ति दायक हुन्छ साथै रूद्राक्षमा एउटा यस्तो चमत्कारीक गुण विद्यमान हुन्छ जो रत्नहरू र पूजापाठ भन्दा पनि श्रेष्ठ छ जसले ग्रहहरूबाट प्राप्त हुने अशुभ फललाई कम गरेर शुभ फलको वृद्धि गर्दछ। रूद्राक्षलाई कुनै पनि क्षेत्रमा सफलताको लागि प्रयोग गर्न सकिन्छ त्यै भएर यसलाई रूद्राक्ष अर्थात रूद्रको आखा भनिएको हो।
रूद्राक्ष र रत्नमा अन्तर
रूद्राक्षले ग्रहको अशुभ फल कम गरेर शुभत्वमा वृद्धि गर्दछ भने रत्नले ग्रहलाई शक्ति शाली बनाउदछ। रत्नको प्रभाव रत्नकोशुद्धता र वर्णमा आधारित हुन्छ । रूद्राक्षको प्रभाव उसको मुखमा आधारित हुन्छ। रत्नले शरीमा स्पर्श गरेर मात्र आफ्नोकाम गर्दछ तर रूद्राक्षलाई शरीरको स्पर्श चाहिदैन यसमा एउटा यस्तो प्रकारको किरण हुन्छ जसले आफनो चैतर्फि वाताबरण मनुष्य र घरलाई प्रभावित पारेको हुन्छ।
रूद्राक्षको महत्व
हाम्रो देश नेपालको रूद्राक्षको निकै महत्व रहेको छ दिंगलामा फलने रूद्राक्ष भारतीयहरूले 30 रूपैयामा किनेर भारू 11000 मा बेचि रहेका छन् यसले पनि यसको महत्व विश्व बजारमा कति रहेछ भन्ने थाहा हुन्छ । एउटा भारतीय समाचार पत्रमा यस्तो लेखिएको छ। नेपाल में सबसे बडे आकारका रूद्राक्ष पैदा होता है यहाका रूद्राक्षका बहुत महत्व है नेपाल के रूद्राक्ष बहुत अच्छे किस्म के होते है।
धारण बिधि
रूद्राक्ष धारण गर्नु पूर्व एक पटक चिना हेराउनु अति आवश्यक हुन्छ तपाईको लागि कुन रूद्राक्ष अति आवश्यक छ त्यो तपाईको जन्म कुण्डली हेरेर सजिलै पत्ता लगाउन सकिन्छ त्यसैले चिना हेराएर मात्र ज्योतिषी ले भने अनुसार रूद्राक्ष किने र पूजा पाठ बाट सिद्ध गरेर सहि समयमा धारण गर्नुहोला
यो संस्थाले आफ्नो शोरूममा राखेका सबै रूद्राक्षहरू पशुपतिनाथको मन्दिरमा पूजा गरेर जगाएर राखेको छ । तर धारण गर्ने बिधिको को जानकारी हाम्रो ग्राहक सेवा केन्द्रमा चैबिसै घण्टा प्राप्त गर्न सक्नु हुनेछ। धन्यवाद।

हाम्रो संस्थामा प्राप्त रत्नहरू निम्न छन:

एक मुखी रूद्राक्ष

एक वक्त्र शिव साक्षाद् व्रह्म हत्यां व्यपोहति।
एक मुखी रूद्राक्षला ई भगवान शंकरको स्वरूप मानिन्छ यसले ब्रह्महत्या जस्तो भयंकर पापको पनि शमन गर्दछ। धर्म अर्थ काम र मोक्ष चारै प्रकारको फल दिने सामथ्र्य यो रूद्राक्षमा पाईन्छ। ज्योतिश शास्त्रले यो रूद्राक्षलाई सूर्यको स्वरूप मानेको छ यसको धारण ले सूर्य ग्रह बाट हुने अशुभ फललाई नश्ट गरेर शुभ फल प्रदान गर्दछ। गोलाकार एक मुखी रूद्राक्ष अत्यन्त दुर्लभ छ त्यसैले बजारमा हिजो आज चेप्टो आकारमा काजुदाना रूद्राक्ष प्राप्त हुन्छ यो संस्थाले उपरोक्त रूद्राक्ष सिद्ध गरेर तपाईलाई प्रदान गर्नेछ।

दुई मुखी रूद्राक्ष

द्विवक्त्रो देव देवेशो गोबधो नाशयेद् ध्रुवम्।
दुई मुखी रूद्राक्ष देवि पार्वती र भगवान शंकरको स्वरूप मानिन्छ त्यस अर्थमा यसलाई अर्ध नारिश्वर रूद्राक्ष पनि भनिन्छ। यसको धारण र पूजनले गोबध जस्तो भिषण पापको शमन हुने मान्यता रहेको छ। यसले वैभव यश र किर्ती प्रदान गर्दछ। ज्योतिश शास्त्रमा चन्द्रमाको प्रतिनिधित्व यो रूद्राक्षले गर्ने भएका कारण चन्द्रमाको अवस्था नराम्रा भएका व्यक्तिहरूले यो रूद्राक्ष धारण गर्दा चन्द्रमाको अशुभ प्रभाव कम भई शुभ प्रभावको वृद्धि हुनेछ। एक पटक चिना हेराएर मात्र धारण गर्नु राम्रो हुन्छ।

तीन मुखी रूद्राक्ष

त्रिवक्त्रत्वनल साक्षाद् स्त्रीहत्या दहति क्षणात्।
त्रिमुखी रूद्राक्ष भगवान अग्नीको स्वरूप हो कम पढ्ने बालकहरूले यो रूद्राक्ष धारण गरेमा छिटो विद्या र बुद्धिको विकास हुने मान्यता रहेको छ। यसले स्त्री हत्या जस्ता भिषण पापहरूलाई खरानी बनाउदछ। व्रम्हा विश्णु र महेषको स्वरूप भएका कारण यसको महत्व हाम्रो शास्त्रमा धेरै रहेको छ। ज्योतिष शास्त्रमा तीन मुखी रूद्राक्षको प्रतिनिधि ग्रह मंगललाई मानिन्छ। अतः मंगल अशुभ हुने व्यक्तिहरूले यो रूद्राक्ष धारण गरेमा मंगलको अशुभत्व कम भई शुभ फलमा वृद्धि हुनेछ। एक पटक चिना हेराएर मात्र धारण गर्नु होला।

चार मुखी रूद्राक्ष

चतुर्वक्त्र स्वयं ब्रह्मा नर हत्या व्यपोहति।।
चार मुखी रूद्राक्ष ब्रह्मा जीको स्वरूप मानिन्छ यसको धारणले नरहत्या जस्ता जघन्य अपराधहरूको पाप नष्ट हुने मान्यता छ यो रूद्राक्ष चार वेदको द्योतकहो साथै यसमा चतुर्विध पुरूशार्थ मानवलाई प्रदान गर्ने क्षमता रहेको छ। यो रूद्राक्ष जोकसैले पनि धारण गर्नसकिन्छ । मानसिक समस्या र हृदय सम्बन्धि रोगको लागि पनि यो रूद्राक्षको उपयोग राम्रो हुन्छ। ज्योतिश शास्त्रमा यसले बुध ग्रहको प्रतिनिधित्व गर्ने भएका कारण यदि तपाईको कुण्डलीमा बुध ग्रहको स्थिति नराम्रो छ अथवा बुध ग्रहले तपाईलाई नराम्रो प्रभाव दिएको छ भने आजै यो रूद्राक्ष धारण गरेमा विषेश लाभ हुन्छ।

पाचमुखी रूद्राक्ष

पंचवक्त्र स्वयं रूद्र कालाग्निर्नाम नामतः अभक्ष भक्षणोद्भूतैरगम्या गमनोद्भवेत्।। मुच्यते सर्व पापैस्तु पंच वक्त्रस्य धारणात्।। पाच मुखी रूद्राक्ष कालाग्नि भगवानको स्वरूप हो । यसको धारणले अभक्ष भक्षण र परस्त्री गमन जस्तो भयंकर पापलाई नष्ट गर्दछ। यो रूद्राक्ष पंच ब्रह्म र पंचतत्वको स्वरूप पनि मानिएका कारण यसको धारणको महत्व झन विशेष भएर जान्छ। यो दुख दारिद्रनाशक आयूर्वर्धक रूद्राक्ष हो यसको धारणले लिवर र तिग्रा सम्बन्धि बिमारीहरू कम भएर जान्छ। ज्योतिष शास्त्रमा पंचमुखि रूद्राक्षलाई वृहस्पति ग्रहको प्रतिक मानिन्छ वृहरूपति कमजोड भएका व्यक्तिले यो रूद्राक्ष धारण गर्नु असाध्य राम्रो हुन्छ।
मूल्य नेपाली 50 र भारतीय रूपीया 35 रहेको छ।?

छ मुखी रूद्राक्ष

शडवक्त्र कार्तिकेयस्तु सधार्यो दक्षिणे करे व्रह्महत्यादिभिः पापैर्मुच्यते नात्र संशयः।।
छ मुखी रूद्राक्ष भगवान कार्तिकेयको स्वरूप हो यसलाई शत्रुंजय रूद्राक्ष पनि भनिन्छ यसको धारण ले शत्रुहरू कम भएर जान्छन् यसलाई दाया हातमा धारण गर्दा ब्रह्महत्या जस्ता कठोर पापहरू नष्ट हुन्छन्। यसले मानव शरीरमा हुने काम क्रोध लोभ मोह आदिमा नियन्त्रण गर्दछ। यो शुक्र ग्रहको प्रतिक भएका कारण यसलाई धारण गर्दा अशुभ शुक्रको कुप्रभाव कम भएर जान्छ र परिवारिक जीवन दाम्पत्य जीवन सुखमय हुन्छ।
मूल्य नेपाली रू 50 र भारतीय रूपीया 35 रहेको छ।

सात मुखी रूद्राक्ष

सप्त वक्त्रो महाभागो ह्यनंगो नाम नामतः तद्धारणाद् मुच्यते अर्हि स्वर्णस्तेयादि पातकै।
सात मुखी रूद्राक्ष भगवान कामदेवको प्रत्यक्ष स्वरूप मानिन्छ । यसको धारणले गोवध र स्वर्ण चोरी गर्दा लाग्ने पापहरू नश्ट हुन्छन् । यो रूद्राक्ष सप्त ऋशिहरू र सप्त माताको मिश्रित स्वरूप भएकाले यसले मानव भित्रको अहंकार लाई कम गर्दछ साथै धेरै छिटो रिस उठ्ने मानवकोलागि विषेश लाभदायी हुन्छ। यसको कारक ग्रह षनि भएका कारण यसलाई धारण गर्नाले षनि जनित अषुभ दोषहरू कम भएर जानेछन् साथै जग्गा जमिनको लाभ र धनागम हुनेछ।
मूल्य नेपाली 500 र भारतीय रूपीया 350 रहेको छ।

आठ मुखी रूद्राक्ष

अष्ट वक्त्रो महासेन साक्षाद् देवो विनायकः। अन्नकुटं स्वर्णकुटं तुल कुटं तथैव च।। दुश्टान्वस्त्रियं वाथ संस्पृषष्च गुरूस्त्रियं। एवमादिनी पापानी हंति सर्वाणी धारणात्।। विघ्नस्तस्य प्रणस्यन्ति याति चान्ते परं पदं। भविश्यन्ति गुणाः सर्वे अश्टवक्त्रस्य धारणात्।।
आठ मुखी रूद्राक्ष भगवान गणेश जी को स्वरूप हो यसको धारणले विभिन्न प्रकारका पापहरू नश्ट हुनेछन् र अन्त्यमा परमपद प्राप्त हुने कुरा षास्त्रमा वर्णन गरिएको छ । अनेक प्रकारका विघ्न र बाधाहरूलाई पूर्ण रूपमा समाधान गर्ने र बुद्धिको पूर्ण विकास गर्ने क्षमता यो रूद्राक्षमा रहेको छ। यो रूद्राक्षलाई वटुक भैरवको अवतार मानिएका कारण यसको धारणको महत्व अझ बढेको छ। ज्योतिष षास्त्रिहरू आठ मुखी रूद्राक्षलाई राहुको प्रतिक मान्दछन् जुन व्यक्तिलाई राहुको दोश दषा आदि छ उसले यो धारण गरेमा राहुको अषुभ फल समाप्त भएर जाने मान्यता रहेको छ । मन्त्र पढेर जगाएर मात्र तपाईलाई प्रदान गरिनेछ ।
नेपाली मूल्य 3100 र भारतीय रूपीया 2000 रहेको छ।

नौ मुखी रूद्राक्ष

नव वक्त्रो भैरवस्तु धारयेद् वाम वाहुके । भुक्ति मुक्ति वदः प्रोक्तो मम तुल्य बलो भवेत्।। भ्रुण हत्या सहस्राणि ब्रम्ह हत्या षतानि च। सद्य प्रलय मायान्ति नव वक्त्रस्य धारणात्।।
नौ मुखी रूद्राक्ष भैरव नाथकै स्वरूप हो भनिएको छ यसलाई बाया हातमा धारण गरेमा यसले भैरव भगवानको जति नै बल र षक्ति प्रदान गर्दछ। यो रूद्राक्षलाई भुक्ति र मुक्ति सबै निधिहरूको प्रदाता मानिन्छ। नवदुर्गा , नवनाथ श्री पशुपति नाथको कृपा यस रूद्राक्ष धारकलाई रही रहने षास्त्रिय मान्यता छ। भ्रुण हत्या र व्रह्म हत्या जस्ता भयंकर पापहरू यो रूद्राक्षले नश्ट गर्ने भएका कारण यसकोमहत्व धैरै छ। ज्योतिश षास्त्रीहरूले यसलाई केतुको प्रतिक मानेका कारण यसले केतु बाट हुने अषुभ दोशहरूको षमन गर्दछ । यो रूद्राक्ष मन्त्र पढेर जगाएर मात्र तपाईलाई प्रदान गरिनेछ ।
यसको नेपाली मूल्य 4100 र भारतीय रूपीया 2600 रहेको छ।

दश मुखी रूद्राक्ष

दश वक्त्रस्तु देवेश साक्षाद् देवो जनार्दनः। ग्रहष्चैत पिषाचाष्च वेताल व्रह्म राक्षसः।। पन्नगाष्चोप षाम्यन्ति दशवक्त्रस्य धारणात्।
दश मुखी रूद्राक्ष भगवान विश्णुको स्वरूप भएका कारण यसलाई धारण गरेमा सबै ग्रहहरू षान्त हुने कुरा षास्त्रमा बर्णन गरिएको छ , प्रेत बाधा पिषाच दोश र अन्य लागोहरू भगाउन पनि हामि यै रूद्राक्ष धारण गर्ने सल्लाह दिदै आएका छौ। यस्तो पनि मानिन्छ कि यस रूद्राक्षमा भगवान विश्णुका दशावतारको सुक्ष्म षक्ति रहेको छ। यसलाई धारण गरेमा दश दिक्पाल प्रशन्न भई दिव्य षक्ति प्रदान गर्नेछन्। ग्रहहरूको अषुभ किरणहरूको समाधान गर्न यसको धारण आवष्यक रहेको छ । यो रूद्राक्ष मन्त्र पढेर जगाएर मात्र तपाईलाई प्रदान गरिनेछ ।
यसको नेपाली मूल्य 3500 र भारतीय रूपीया 2200 रहेको छ।

एघारह मुखी रूद्राक्ष

वक्त्रैकादश रूद्राक्षो रूद्रैकादशको स्मृतम्। शिखायंा धारयेद् यो वैतस्य पूण्य फलं श्रृणु अश्वमेध सहस्रस्य वाजपेय सहस्र च। गवां शत सहस्रं च सम्यग्दत्तस्य यत्फलम्।। तत्फलं लभते शिघ्रं वक्त्रेकादश धारणात्।
एघारह मुखी रूद्राक्ष भगवान एकादश रूद्रको स्वरूप मानिन्छ। यसलाई शिखामा धारण गर्नाले शहस्र अश्वमेध यज्ञको फल एक सय बाजपेयी यज्ञको फल र एकसय हजार गाई दान गर्दाको फल प्राप्त हुने कुरा शास्त्रमा वर्णन गरिएको छ। भगवान शंकरको एकादश अवतार श्री हनुमान को रूप पनि यो रूद्राक्षलाई मानिएको छ। साथमा कसैले यसलाई इन्द्रको प्रतिक पनि मानेका छन् यसको धारण मात्रले ऐष्वर्य लाभ र सन्तान प्राप्ति हुनेछ। यो रूद्राक्ष मन्त्र पढेर जगाएर मात्र तपाईलाई प्रदान गरिने छ।
यसको नेपाली मूल्य 5100 भारतीय रूपीया 3200 मात्र।

बारह मुखी रूद्राक्ष

द्वादष वक्त्रस्य रूद्राक्ष एव कर्णेतु धारणात्। आदित्या तोशिता नित्यं द्वादशेति व्यवस्थिता।। गोमेधे चाष्व मेधे च यत्फलं तदवाप्नुयात् श्रृगिणां षस्त्राणां चैव व्याघ्रादिनां भयं नही। न च व्याधि भयं तस्य नैव चाधि प्रर्कििततः।
बारह मुखी रूद्राक्षलाई भगवान द्वादश सूर्यको प्रतिक मानिन्छ। यो रूद्राक्ष कानमा धारण गर्ने विधान छ । यसलाई सही समयमा जगाएर जसले आफ्ना कानमा धारण गर्दछ भगवान सूर्य त्यो बाट प्रशन्न भएर राज्य सम्मान यश र किर्ति प्रदान गर्दछ। गोमेध यज्ञको फल र अश्वमेध यज्ञको फल यो रूद्राक्षको पूजा गर्दा मात्र प्राप्त हुन्छ । सिंग भएका जनावार तथा हथियार बाट हुने आघातबाट पनि यो रूद्राक्षले रक्षा गर्दछ। त्यति मात्र हैन भनिन्छ यो रूद्राक्ष धारण गर्ने मान्छेका सम्पूर्ण रोगहरू नष्ट भएर जानेछन्।। यो रूद्राक्ष मन्त्र पढेर जगाएर मात्र तपाईलाई प्रदान गरिनेछ।
यसको नेपाली मूल्य 7100 र भारतीय रूपैया 4500 रहेको छ।

तेरह मुखी रूद्राक्ष

वक्त्र त्रयोदशो वत्स रूद्राक्ष यदि लभ्यते । कार्तिकेय समो ज्ञेय: सर्व कामार्थ सिद्धदः।। रसो रसायन चैव तस्य सर्व प्रसिदति।। तस्यैव सर्व भोग्यानी नैव अत्र बिचारण।।
तेरह मुखी रूद्राक्षको महत्व धेरै छ यदि प्राप्त भएमा यो रूद्राक्ष सम्पुर्ण प्रकारका ईच्छाहरू पूर्ण गर्न समर्थ छ। यसलाई भगवान ईन्द्रको स्वरूप मानिएका कारण यसले सम्पूर्ण व्यापारमा लाभ दिलाउद यो रूद्राक्ष शुक्र ग्रहको पनि प्रतिक भएका कारण यसले मनोकामना पूर्ण गरि अन्य व्यक्तिहरू कर्मचारीहरू र साथिहरू अफ्नो वशमा बनाउने काम गर्दछ। यो रूद्राक्ष मन्त्र पढेर जगाएर मात्र तपाईलाई प्रदान गरिनेछ।
यसको नेपाली मूल्य 7100 र भारतीय रूपैया 4500 रहेको छ।

चैदह मुखि रूद्राक्ष

चतुर्दशास्यो रूद्राक्षो यदि लभ्येत पुत्रक। धारयेत्स ततं मुघ्र्नि तस्य पिंड षिवस्यतु।। चतुर्दशास्यो रूद्राक्षो साक्षाद्देवो हनुमतः।
चैदह मुखी रूद्राक्ष भगवान हनुमानको स्वरूप हो यसलाई धारण गर्दा हनुमान जी प्रसन्न हुने मान्यता छ हनुमान जीको कृपाले रोकिएका कामहरू बनिन्छन् र गर्न खाजिएका राम्रा कामहरू सफल भएर जान्छन् । चैदह मनु , चैदह भूवन , चैदह विद्या को प्रतिक पनि भएका कारण यसको धारणले अध्यात्मिक र भौतिक सुख दिने सामथ्र्य छ यसलाई पूजा स्थलमा राख्दा मात्रै पनि घरमा शान्ति हुन्छ। यो रूद्राक्ष मन्त्र पढेर जगाएर मात्र प्रदान गरिने छ।
यसको नेपाली मूल्य 11000 भारतीय रूपीया 7000 रहेको छ।

गौरी शंकर रूद्राक्ष


प्राकृतिक रूपमा एक आपसमा जोडिएका रूद्राक्षहरूलाई गौरी शंकर रूद्राक्ष भनिन्छ पार्वति र भगवान शिवकोस्वरूप मानिने यो रूद्राक्ष मानव जीवनको लागि अति उपयोगी छ। यसलाई धारण वा पूजा गरेमा भगवति पार्वति र शिवको कृपा समान रूपले प्राप्त हुने कुरा शास्त्रमा बर्णन गरिएको छ। यो रूद्राक्षको महत्वमा कुरा गर्दा यसको नाम मात्र पर्याप्त छ। यो रूद्राक्ष मन्त्र द्वारा जगाएर मा त्र तपाईलाई प्रदान गरिने छ।
यसको मूल्य नेपाली 5000 र भारतीय रूपीया 3500 रहेको छ।

विशेष : महोदय हामि तपाईको लागि गरिने प्रत्येक पूजाको प्रत्यक्ष प्रसारण तपाई भएको ठाउमा गराउने छौ तपाईले याहू वा स्काईपको माध्यमबाट आफ्नो पूजा भएको हेर्न र सुन्न सक्नु हुनेछ।